न्यौपानेले फिर्ता लिए कांग्रेस सभापतिको उम्मेदवारी, शेखरलाई समर्थन गर्ने


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका सभापतिका प्रत्यासी युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार दिउँसो न्यौपानेले सभापतिका अर्का प्रत्यासी डा।शेखर कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

कांग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी परेको थियो । अब शेरबहादुर देउवा, डा।शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।