कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय थप

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी फिर्ता लिने समय थपिएको छ । निर्वाचन समितिले आइतबार बिहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तोकेको भएपनि त्यसलाई साढे एक घण्टा थपेर १२:३० बजेसम्म पुर्याइएको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार राति उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । उम्मेदवारको अन्तिम नामावली आजै प्रकाशन हुनेछ । २७ गते बिहान ८ बजेदेखि नयाँ नेतृत्वको लागि निर्वाचन हुनेछ ।