कांग्रेस केन्द्रीय सदस्यमा रिजाल र ढुंगाना निर्विरोध

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द प्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश २ बाट खुला केन्द्रीय सदस्यमा आवश्यक दुई केन्द्रीय सदस्यमा रिजाल र ढुंगाना सँगै जंगीलाल राय गरी तीनजनाको उम्मेदवारी परेको थियो । रायले उम्मेदवारी फिर्ता लिएपछि रिजाल र ढुंगाना निर्विरोध भएका निर्वाचन समितिले जनाएको छ । रिजाल र ढुंगाना दुबै संस्थापन पक्षका हुन् ।

हिजो दर्ता भएको उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ । आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन हुने बताइएको छ । कांग्रेको नयाँ नेतृत्वका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुनेछ ।