कांग्रेस महाधिवेशनमा देखिएका रोचक तथ्य

0
Shares

काठमाडौं ।

शुक्रबारदेखि शुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन राजधानीमा जारी छ । महाधिवेशनमा देखिएका केहि रोचक तथ्य :

– २६ वर्षीया युवा महिलादेखि ९१ वर्षीया वृद्धासम्म केन्द्रीय सदस्यको उम्मेदवार
– ५० वर्षमुनिका कल्याण गुरुङ, युवराज न्यौपानेदेखि ७५ वर्षीय शेरबहादुर देउवा सभापतिका उम्मेदवार
– शेखर कोइरालाको टिममा युवापुस्ता हावी
– पदाधिकारीमा दाबी गरेका डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायतका नेताहरुद्वारा केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता
– हालका महामन्त्री डा. शशांक कोइरालाद्वारा केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता
– पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा विद्रोह, संस्थापन पक्ष छोडेर प्रकाशमानको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता
– परराष्ट्रमन्त्री डा. नारायण खड्काद्वारा चुनावी प्रक्रियाबाट बाहिरिने घोषणा
– वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी नदिने घोषणा
– कांग्रेसका अर्बपति नेता विनोद चौधरीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
– सुजाताले कोइराला क्याम्प परिवर्तन गरी प्रकाशमानको प्यानलमा