काठमाडौंमा ‘इन्डियन फुड फेस्टिभल’ आयोजना


न्युज अफ नेपाल, काठमाडौं ।

भारतीय दूतावासको सहयोगमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले काठमाडौँमा इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंस्थित होटल एलोफ्टको सहकार्यमा आजादीका अमृत महोत्सव अन्तर्गत फुड फेस्टिभल आयोजना गरिएको जनाइएको छ । पुस ४ सम्म चल्ने महोत्सवमा भारतीय सेफ सञ्जय रैनाले तयार पारेका परिकारहरुका साथै कश्मीरका मौलिक परिकारहरुको प्रदर्शनी गरिएको छ ।महोत्सवको नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरे ।

ठमेलस्थित होटेल एलोफ्टमा आयोजना गरिएको महोत्सवमा कश्मीरी परिकारहरु पुलाव, रिस्ता, गुश्ताबा, तबकमोज, लाल चिकन, कबाब, फिरनी आदीको स्वाद लिन पाइने जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।