लोसपा प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनल



 

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनल मनोनित भएका छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले सोनललाई प्रदेश २ को अध्यक्षमा मनोनित गरेका हुन् । सोनल प्रदेश २ संसदीय दलका नेता पनि हुन ।

महन्थ ठाकुर निकट रहेकै कारण जसपा विभाजन अघि नै सोनललाई भौतिक पूर्वाधार विकास मन्त्री पदबाट मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्