माओवादीका जिल्ला सचिव एमालेमा



न्यूज अफ नेपाल हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरका प्रभावशाली नेता एवम् जिल्ला सचिव बलराम बल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीस“गको भेटमा उहाँलाई अध्यक्ष ओलीले खादा ओढाएर एमालेमा स्वागत गर्नुभएको हो । मकवानपुरको कम्युनिष्ट आन्दोलनका प्रभावशाली नेताका रुपमा रहनुभएका बल जनमोर्चा र माओवादीको एकीकरणस“गै माओवादीमा रहनुभएको थियो । माओवादी केन्द्रका तर्फबाट स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उपमेयरका उम्मेदवारसमेत रहनुभएका बललाई मकवानपुरे कम्युनिष्ट आन्दोलनका प्रखर वक्ताका रुपमा चि“निदै आएको छ ।
प्रवेशपछि नेता बलले माओवादी कहिल्यै पनि नसुध्रने बताउनुभयो । एमाले प्रवेशपछि नेता बलले भन्नुभयो–माओवादीले माओको नाम भजाएर मान्छे मार्नेबाहेक अन्य कुनै राजनीतिक सफलता हासिल गरेन । उनीहरु अवसरवादका लागि सधैं कुदिरहे । मैले १२–१४ वर्ष त्यस्ता बेथिति हटाउन आफ्नो तर्फबाट निकै पहल गरें । तर, त्यो सफलता पाउन सकिन“ । र, आज नेपाली कम्युनिष्टको मुलप्रवाहको रुपमा रहेको एमालेमा प्रवेश गरें ।

माओवादी पार्टी कहिल्यै पार्टी जस्तो नरहेको, त्यहा“ विधानको परिधि र अनुशासन भन्ने कुनै विषय नभएको भन्दै उहाँले अबका केही वर्षभित्र माओवादी पत्तासाफ हुने दाबी गर्नुभयो । केही वर्षअघि नै पत्तासाफ हुन लागेको माओवादीलाई एमालेले पार्टी एकता गरेको जोगाइदिएको भन्दै नेता बलले उल्टै प्रचण्डले एमाले नै सक्ने खेलामा लागेर पार्टी एकतालाई खलल पु¥याएको बताउनुभयो ।
माओवादी पार्टीभित्र केही सच्चा कम्युनिष्टलाई जहिल्यै अत्याचार हुने गरेको भन्दै उहाँले माओवादी पार्टी र त्यहा“ रहेका आमकार्यकर्ताको राजनीतिक भविष्य नरहेको बताउनुभयो । उहाँले देश र जनताका लागि काम गर्ने केपी ओलीजस्ता नेता अर्को सय वर्षमा पनि नपाइने भन्दै ओली नेतृत्वको पार्टीमा समाहित हुन पाउ“दा खुशी लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्