पौडेल समूह सभापतिको साझा उम्मेदवार छान्न असफल


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न संस्थापनइतर समूह असफल भएको छ । सुक्रबार राति बसेको संस्थापनइतर समूहको बैठकमा नेताहरु सहमति जुटाउन असफल भएका हुन् ।

बैठकबाट बाहिरिए पछि महामन्त्री डा. शशांक कोइरालाले साझा उम्मेदवार चयन गर्न प्रयास जारी रहेपनि सहमति जुट्न नसकेको बताए । संस्थापन समूहबाट वर्तमान सभापति शेरबहादुर देउवा नै सभापतिका एक्ला दावेदार देखिएपनि इतर पक्षबाट धेरै आकांक्षी छन् ।

पार्टी महाधिवेशनको बन्दसत्रसमेत छाडेर छलफलमा जुटेका नेताहरुको बैठक सहमति बिनै सकिएको हो । पौडेल समूहमा सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दाबेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।