कांग्रेसको १४ औँ महाधिवेशनमा ओली पनि सहभागि



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी ओली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनस्थल भृकुटीमण्डप पुगेका छन् । अरु नेता भन्दा केहि ढिलोगरी आइपुगेका ओली केहिबेर अघि मात्रै भृकुटीमण्डप पुगेका हुन् ।

यस अघि कांग्रेससहित माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललगायत विभिन्न पार्टीका शीर्षनेताहरु कार्यक्रम उद्घाटन स्थलमा पुगेका थिए । कार्यक्रममा भाजपा नेता हर्षवर्द्न पनि कार्यक्रममा पुगेका छन् ।

नेकपा पार्टी विभाजनपछि पहिलोपटक ओली, दाहाल र नेपाल एउटै मञ्चमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्