नाडाको मतदान सकियो, २ हजार ८ सय जना भोट खस्याे



न्युज अफ नेपाल, काठमाडौं ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको निर्वाचन सकिएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह सवा ४ बजे सकिएको हो । निर्वाचनमा कुल तीन हजार १०० मतमा २८ सय प्रतिनिधिहरूले मतदान गरेका छन् ।

कुल भोटिङ सदस्य सङ्ख्या तीन हजार १८७ रहे पनि तीन हजार १०० जनाले भोटिङ कार्ड लिएको सो मध्ये पनि २ हजार ८०० जनाले मात्र भोट हालेका हुन् । बाँकी ३०० जना भोटिङ प्रक्रियामा नै सहभागी भएनन् । अध्यक्षमा करण चौधरी र ध्रुव थापाको दुई प्यानलबाट कुल १८ पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्