राप्रपाका अध्यक्ष लिङ्देनसहित पदाधिकारीको शपथ शुरु


न्युज अफ नेपाल, काठमाडौं ।

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारीहरुको शपथ राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ।

अध्यक्ष पदमा कमल थापालाई पराजित गर्दै लिङ्देनले विजय हासिल गरेका हुन्। महामन्त्रीमा धवलशमशेर राणा विजयी भएका छन्। तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भएका छन्।

त्यस्तै उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी भएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।