राप्रपा एकता महाधिवेशन: अध्यक्षमा कमल थापाले दिए उम्मेदवारी


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा कमल थापाले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि राप्रपा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराइसकेका छन्।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता जारी छ। अहिलेसम्म अध्यक्ष पदमा थापा, लिङ्देनले उम्मेद्वारी दर्ता गराएका छन्। महामन्त्रीमा रेखा थापा र धवलशमशेर राणाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। यसैगरी उपाध्यक्षमा बुद्धिमान तामाङले उम्मेदवारी दर्ता गराएका छन्। उनले थापा प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।