मुगुरुजालाई डब्ल्यूटीए उपाधि



लन्डन, (एजेन्सी) । 

वर्षको अन्त्यमा हुने विश्व महिला टेनिसअन्तर्गतको डब्ल्यूटीए फाइनल्सको उपाधि स्पेनकी गार्बिन मुगुरुजाले जितेकी छन् । मुगुरुजाले मेक्सिकोस्थित ग्वाडालाजारामा भएको फाइनल खेलमा इस्टोनियाकी एनेट कोन्टाभिटलाई ६–३, ७–५ ले हराएकी हुन् ।

यो उनको पहिलो डब्ल्यूटीए फाइनल्स उपाधि हो । यो महिला टेनिसमा ग्रान्डस्लाम झै‌ ठूलो प्रतियोगिताको रूपमा रहेको छ । योसँगै गरेर मुगुरुजाले डब्ल्यूटीए सिंगल्सतर्फ करियरमा १० औं उपाधि जितेकी छन् । साथै, पूर्वविश्व नम्बर एक खेलाडीले करियरमा विम्बल्डन (२०१६) र फ्रेन्च ओपन (२०१७) गरी दुई वटा ग्रान्डस्लाम उपाधि जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस्