विजयी टिमलाई उपमहानगरको सम्मान



हेटौंडा, (नेस) । 

‘केशवलाल श्रेष्ठ स्मृति मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगितामा विजयी भएको टिमलाई हेटौंडा उपमहानगरपालिकाले सम्मान गरेको छ । विजयी खेलाडीलाई उपमहानगर मेयर हरिबहादुर महतले जुत्ता र निप्याड हस्तान्तरण गरे ।

विजयी हटिया स्पोर्टस् एकेडेमीलाई खादा ओढाएर सम्मान गर्दै सामग्रीसमेत हस्तान्तरण गरिएको हो । थाहा नगरपालिकाको विनयबाबु स्मृति प्रतिष्ठानलाई हराउँदै आयोजक हटिया स्पोर्टस् एकेडेमीले उपाधि जितेको थियो । विजेता हटियाले नगद ६० हजार रुपियाँ प्राप्त गर्दा उपविजेता प्रतिष्ठानले ४० हजार रुपियाँमा चित्त बुझाउन बाध्य भएको थियो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी हटियाका एनुस राई, ब्लकर विनयबाबुका उपास विष्ट, डिफेन्डर विनय बाबुकै रोशन गोपाली, सेटर हटियाका राजकुमार कर्माचार्य, स्पाइकर हटियाकै सुमन नेपाल र उत्कृष्ट प्रशिक्षकको पुरस्कार हटियाकै त्रिविक्रम रूपाखेतीले पाए । सर्वोत्कृष्ट खेलाडीले नगद पाँच हजार तथा अन्य विधागत उत्कृष्ट खेलाडीले नगद दुई हजार रुपियाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्