रेन्किङ टेनिसमा ३३ खेलाडी



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल टेनिस संघको आयोजनामा काठमाडौं/एसियन १४ एन्ड अन्डर रेन्किङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट १ सोमबारदेखि शुरू हुने भएको छ ।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गल्र्स गरी ३३ खेलाडीको सहभागिता रहनेछन् । नेपालबाट १५ ब्वाइज र १४ गल्र्स, भारतबाट समान १–१ ब्वाइज/गल्र्स, पाकिस्तानबाट १ ब्वाइज तथा अमेरिकाबाट १ गल्र्स खेलाडी सहभागी हुँदै छन् ।

प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सर्किट– १ नोभेम्बर १९ तारिखसम्म चल्नेछ । त्यसपछि, सर्किट–२ का खेलहरू नोभेम्बर २१ तारिखदेखि शुरू हुनेछ । खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्