डान्सिङ डाँडाले जित्यो उपाधि



पाल्पा, (नेस) ।

पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका वडा न ८ फेकमा प्रथम वडा अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

रिब्दीकोट गाउँपालिका वडा न ८ फेकको आयोजना र फेक युथ सञ्जालको व्यवस्थापनमा सम्पन्न भएको प्रतियोगितामा पुरुषतर्फको उपाधि डान्सिङ डाँडा टिम ‘ए’ ले हात पा¥यो । लुम्बास टिम ‘ए’ दोस्रो, डान्सिङ डाडा टिम ‘बी’ तेस्रो र सान्त्वना लुम्बास टिम ‘बी’ चौथो भएका हुन् ।

प्रतियोगितामा शीर्ष चार हुने टोलीले क्रमश १५ हजार, १० हजार, ५ हजार र २ हजार नगद प्राप्त गरे । त्यस्तै, महिलातर्फ पेलाचौर महिला भलिबल टोली पहिलो भयो । त्यस्तै, डान्सिङ डाँडा महिला भलिबल टिम ‘ए’ दोस्रो र लुम्बास महिला भलिबल टिम तेस्रो भए ।

समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश सांसद तुलाराम घर्ती मगरले स्थानीयस्तरमा आयोजना गरिने यस्ता प्रतियोगिताबाट खेलाडीको मनोबल बढ्ने र प्रतिभावान् खेलाडीहरूको उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारले खेलाडीहरूलाई मध्यनजर गरी बजेट विनियोजन गरेको बताउनुभयो ।

रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले विजयी स्थानीयस्तरमा प्रतिभावान् खेलाडीहरू हँुदाहँुदै पनि कतिपय खेलाडीहरू प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त नगर्दा ओझेलमा पर्ने हुँदा गाउँपालिकाले गाउँपालिका अध्यक्ष कप, वडाअध्यक्ष कपजस्ता प्रतियोगितामार्फत खेलाडीहरूको प्रतिभाको प्रस्फुटन गर्ने प्रतियोगिताहरू सञ्चालन गरेको बताउनुभयो । उनले कार्यक्रममा वडाबाट १ लाख रकम विनियोजन गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्