प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले सर्वसम्मत



कास्की ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा आज सम्पन्न प्रदेशको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा बाग्लुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला केसी, प्रथम सचिवमा म्याग्दीका सन्तोष गौतम र कोषाध्यक्षमा कास्कीका विश्वराज सुवेदी चयन हुनुभयो ।

खुला सचिवमा कास्कीका सुनिल पाण्डे, सुवास अम्गाईं, सविन जिसी, महिला सचिवमा कास्कीका सुशीला क्षेत्री, जनजाति सचिवमा बिनाकुमारी थापा र दलित सचिवमा गुणराज रोका निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक नारायण भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी खुला सदस्यमा आश क्रोम्चे तमु, राजकिरण छत्कुल्ली, सन्दीप खत्री, सागर भण्डारी, प्रनिस गिरी, विमल आचार्य, रामजी आचार्य, दीपक आचार्य, सन्तोष परियार, लिलाधर गिरी, राजकुमार ढकाल, लक्ष्मी पंगेनी, उत्तमबहादुर घर्ती र मुरारी शर्मा रहनुभएको छ ।

महिला सदस्यमा सविता शर्मा र सरिता खत्री, दलित सदस्यमा लक्ष्मी सुनार र खगेन्द्र विक तथा जनजाति सदस्यमा शर्मिला रोका मगर चयन हनुभएको छ । नवनिर्वाचित समितिलाई पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं प्रेस सेन्टरका प्रदेश इञ्चार्ज त्रिभुवन पौडेलले सपथ गराउनुभएको थियो ।

प्रेस सेन्टरका केन्द्रीय संयोजक महेश्वर दाहाल, केन्द्रीय कार्यालय सदस्य विष्णु सापकोटा, खिलाबहादुर भण्डारी, बलराम थापा, सचिन रोका लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । प्रदेश अधिवेशनले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्थानीय र प्रदेश सरकारको विज्ञापन स्थानीय सञ्चार माध्यममा प्रकाशन प्रशारण गर्नुपर्नेलगायत १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । प्रदेश अधिवेशनको अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीका सदस्य जनार्दन शर्माले उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्