जाभी बार्सिलोनाको मुख्य प्रशिक्षक



एजेन्सी । 

जाभी हर्नान्डेजलाई स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाले मुख्य प्रशिक्षकमा नियुक्त गरेका छन् । बार्सिलोनाले गत साता रोनाल्ड कोयम्यानलाई बर्खास्त गरेपछि मुख्य प्रशिक्षकका लागि जाभीलाई नियुक्त गरेको हो । बार्सिलोनाले कतारी क्लब अल–सादमा आबद्ध जाभीलाई बार्सिलोना भित्र्याएको हो ।

जाभीलाई आफ्नो क्लबमा भित्र्याउन बार्सिलोनाले संघर्ष गर्नुपरेको थियो । जाभीले पनि बार्सिलोना फर्कन प्रबल इच्छा देखाए पछि कतारी क्लब राजी भएको हो । जाभी अहिले अल–सादको मुख्य प्रशिक्षकका रूपमा रहेका थिए ।

४१ वर्षीय जाभीले खेलाडीको रूपमा बार्सिलोनालाई आठ पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । जाभीले खेलाडीको रूपमा १७ वर्ष बार्सिलोनाको लागि खेल्दै सन् २०१५ मा क्लब छाडेका थिए । त्यसपछि उनी कतारी क्लब अल–सादको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न पुगेका थिए ।

जाभीले विगत दुई वर्षदेखि मध्य–पूर्वमा आफ्नो प्रशिक्षणको कला निखार्दै आएका थिए । उनले सन् २०१० मा स्पेनलाई विश्वकपको उपाधिका साथै दुई पटक युरोपियन च्याम्पियनसिप जिताएका थिए । पछिल्लो समय समस्याग्रस्त क्लबको रूपमा रहेको बार्सिलोनाले कोयम्यानको स्थानमा सेर्जी बार्जुआनलाई अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्