खोला मिचेर बनाइएको घर कहिले भत्काइन्छ सरकार ?



नेपाल जलस्रोतको धनी देश हो । हरेक जिल्लामा प्रशस्त खोलानाला, नदी र कुवाहरू छन् । जलस्रोतको धनी देश भए पनि हाम्रो समाज पानीको अभावले ग्रस्त छ । पानी लिनको लागि टाढाटाढा जानुपर्ने बाध्यता छ । उपत्यकामा नै पानी लिनको हप्तादिन कुर्नुपर्ने अवस्था छ ।

उपत्यकामा भएको खोलानाला सबै मासिसकेका छन् । मानिसहरूले खोलानाला मिचेर घर बनाएका छन् । जनसंख्या तीव्र रूपले बढेका कारण पनि फोहोर व्यवस्थापन हुन सकेको छैन् । भएजति फोहोर सबै खोलानालामा फ्याँक्ने प्रवृत्तिले गर्दा खोला सबै प्रदूषित बनेको छ ।

त्यही भएर सरकारले २०७० सालमा देशभर बग्ने खोला र नदीनाला सफा गर्ने निर्णग गरेको थियो । जसमध्ये उपत्यकाभित्र पर्ने बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरा परेका थिए । काठमाडौंमा मात्र नभई भक्तपुर र ललितपुरका खोलाहरू पनि सफा गर्ने निर्णय भएको थियो ।

खोला मिचेर घर बनाउने, नदीनालामा उद्योगका फोहोर ल्याएर मिसाउनेलाई कारबाही गर्ने भनिएको थियो । त्यस्तै, हरेकहप्ता प्रत्येक घरको एकजना खोला सफा गर्न जानैपर्ने नियमको पनि निर्माण भयो । चाहे त्यो सरकारी कर्मचारी वा हाकिम नै होस् सफा गर्न नजानेलाई जरिवाना गर्ने घोषणा गरेको थियो ।

राजनीतिक पार्टीका सदस्यले पनि सरसफाइबाट पछि हट्न पाउदैन थिए । खोला सफा गर्ने त भनियो तर यसमा पनि आर्थिक चलखेलले पिछा छोडेन । सरसफाइ गर्न गएकाहरूले जनताले तिरेको करबाटै मास्क, बुट र पञ्जा लगाए । सफा गर्न कुचो र डोकोसमेत जनताले तिरेको करबाटै ल्याइयो ।

कतिपय संघसंस्थाले पनि यस कार्यका लागि आर्थिक सहयोग गरेका थिए । हामी पनि सरसफाइ गर्छौ, देश सफा बनाउछौं भनेर प्रधानमन्त्री र राष्ट्रपतिले हाइफुइ गरे तर आखिरी नतिजा उही नै आयो । सबैले सरसफाइको नाममा पैसा कुम्ल्याउने काम मात्र गरे ।

भुपु प्रधानमन्त्रीदेखि लिएर भुपु राष्ट्रपतिले समेत कत्रो रवाफ छाडे । खोला सफा गर्ने भन्दैमा करोडौं जनताले तिरेको बर वालुवामा पानी मिसाएजत्तिकै भयो । जनताले तिरेको कर नसिद्धिउञ्जेल खोला सफा गरेको नाटक गरे तर उपलब्धि शून्य ।
जनताले खुट्टामा चप्पल नलगाई तिरेको कर भ्रष्टाचारीहरूले भ्रष्टाचार गरेर सके । खोला हेप्यो भने जस्ताको तेस्तै । पाँच वर्षअघि बग्ने बागमती खोलाअहिले पनि उस्तै छ । सेनादेखि लिएर मुख्यसचिव र स्थानीयवासिन्दाहरू हरेक हप्ताको शनिबार खोलाको वरिपरि जम्मा हुन्थे ।

अलिअलि फोहोर उठाउने काम पनि भयो । कति मान्छेहरूलाई खोलामा फोहोर फाल्न हँुदैन भनेर चेत पनि आइसकेको थियो । केही हदसम्म उपत्यकाका खोला हेर्न हुने भए । आफैंले सफा गर्न परेपछि कतिले खोलानालाको छेउछाउ फोहोर फाल्न बन्द गरिसकेको पनि थिए ।

नेपाल सरकारका मुख्यसचिव लिलामणि पोखरेलले २०७० साल जेठमा खोला सफा गर्ने नीति बनाएका थिए । केही महिनासम्म खोला सफा गर्ने कामले निरन्तरता पायो । खोला सफा गर्ने भन्दै अर्बौ रुपियाँ सकाए । देशको बजेटले मात्र नपुगेर विदेशी दाताहरूसँग पनि सहयोग लिए ।

विभिन्न संघसंस्थाले राम्रो काम हो भन्दै आर्थिक सहयोग गरे । अर्बौ रुपियाँ बजेटमा सञ्चालित उक्त सरसफाइ कार्यक्रमले केही सुधार आएन । सहयोग गरिएको हिसाब किताबसमेत जनताले देख्न पाइएनन् । अर्को शब्दमा भन्ने हो भने रकम हिनामिना गरियो र हिसाब किताब लुकाइयो ।

ककसले कमिसन खाए भन्ने कुरा जनताले थाहा पाएनन् । हामी सर्वसाधारणहरूको गैरजिम्मेवारीपूर्ण कामले गर्दा पनि आज खोलानालाको यस्तो हालत बन्यो । घरधनीले घर बनाए तर फोहोर व्यवस्थापन गर्ने ठाउँ बनाएनन् । मानिसहरू एकदमै सोखी भएकाले खोलाहरू भोगी बनेका छन् ।

देशको सौन्दर्यतामाथि आँच आएको छ । उपत्यका देख्दै कुरुप र घिनलाग्दो बनेको छ । खोलामा फोहोर फाल्नेलाई कारबाहीसमेत भएन । चौपायाहरूले पानी खान पाएका छैनन् । मान्छेहरूलाई समेत पिउने पानीको अभाव भइरहेको छ ।
खोलानाला सरकारको सम्पत्ति हो भने जनताको जीवन जिउने आधार हो । भूमाफियाहरूले खोला मासेर घर बनाए । एकदुई आनामा घर बनेका छन् । सरकारले फोहोर व्यवस्थापन गर्नसक्ने स्थिति छैन । अनि राजधानीको जनताको यत्रो फोहोर जाओस् कहाँ ?

सरकारको कमी कमजोरी, जनताको लापरबाही अरू केनै चाहिएला । लाजिम्पाट उत्तर ढोकाबाट जय नेपालहल हुँदै कमलादी बग्ने खोला बागबजारको टुकुचा, भृकृटीमण्डप हुँदै बग्थ्यो । तर, यी सब खोलाको अहिले नामोनिसान छैन । यी सबै खोलाहरू मिचेर घर बनिसकेका छन् ।

जग्गा दलाली र घरधनीले गर्दा हाम्रो देशका खोलानाला सबै मासिए । खोलानाला नेपालीहरूको शान र सम्मान दुवै हो । पानीबिना कुनै पनि प्राणी बाँच्न सक्दैन । तर पनि खोलानाला बचाउनका लागि किन उचित कदम चालिएन । सरकारलाई यसबारे खबर त छ तर पनि सरकार काम गर्ने मुडमा आइसकेको छैन् ।

काम गर्नुपर्छ, खर्च गर्नुपर्छ तर त्यसको उपलब्धि पनि हासिल हुनुपर्छ । उपलब्धिबिनाको विकास केही काम छैन् । अब सरकारको महत्वपूर्ण जिम्मेवारी भनेकै भएका खोलानालाको ंरक्षण गर्नु हो । खोलानाला मासेर जथाभावी घर बनाउन दिँदा भोलि त्यही खोलाले ठूलो क्षति पुप्याउन सक्छ ।

प्राकृतिक स्रोत साधनलाई आवश्यकताभन्दा बढी चलाउनु राम्रो होइन । किनकि भोलिका दिनमा त्यसको नतिजा पनि हामीले नै पाउने हो । खोलानाला मासेर घर बनाउनेहरूको स्थिति हामीले नै देखेका छांै ।

ठूलो वर्षा आँउदा घर बगाएर लान पनि बेर लगाउदैन । खोलाको धार मासिएर यस्तो समस्या परिरहेको छ । पानी जाने ठाउँ नभएपछि खोला मानवीय वस्तीमा पस्छ । खोला मासेर आफू घर बनाउँछन् गल्ती कसको वर्षाको ?

प्राकृतिक स्रोत साधनको सही तरिकाले उपयोग गर्दा मात्रै यसले मानवीय जीवनमा असर गर्दैन । होइन भने भन्न सकिन्न । खोलानाला मासेर व्यक्तिको नाममा जग्गा पास गरेको छन् । जति पनि खोलानाला छन् ती सबै सरकारी सम्पत्ति हुन् जुन सरकारले आफ्नो नाममा ल्याउन सकेको छैन । खोला, कुवा, पाटीपौवा राजनीतिक आडबिना चलाउन सक्ने हिम्मत कसैमा छैन ।

राजनीतिक पार्टीका झोलेहरूले खोलानाला सिद्याएर छाडे । देशको शानलाई कतैको नछोड्ने सत्यनाशीहरूलाई कानुनको दायरामा ल्याउनैपर्छ । अहिले उपत्यकामा भएका खोलानालाहरूमा पानी नै छैन् । खोलाको वरिपरि मानिसहरूले फोहोरको थुप्रो लगाएको छन् ।

महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सक्दैन जनताले फोहोर लगेर खोलामा फाल्छन् । यसमा पनि खोला नै दोषी । पदमा बसेका छन् तर कामभने थोपो पनि छैन् । खोलानाला दुर्गन्धित नभएर हेर्नै नसकिने भइसक्यो । बाटो हिड्नेलाई मास्क लगाउँदा पनि ओहोरदोहोर गर्न धौ धौ छ ।

सुदामा पौडेल, ललितपुर ।

प्रतिक्रिया दिनुहोस्