जुवातास खेल्दै गरेका ११ जना पक्राउ


काठमाडौँ। 

कञ्चनपुरमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–१८ भगतपुरस्थित कृष्णप्रसाद चौधरीको घरमा छापा मार्दा ३३ हजार ८० रुपैयाँ नगद र एक गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।