बसुलो प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या 



न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा धारिलो हतियार बसुलो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको कुमाख गाउँपालिका ५ तिमिलेका ४७ वर्षका कबिराम खडकाले ४२ वर्षकी श्रीमती कली खडकाको धारिलो हतियार बसुलो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्याने जानकारी दिएको छ ।

अत्यधिक मदिरा सेवन गरेका खडकाले मंगलबार राति घरायसी विवाद हुँदा बसुलालेले टाउको र घाटीमा प्रहार गरी हत्या गरेको सूचना अधिकारी अर्जुन पौडेलले बताउनु भयो ।

श्रीमान् खडकालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र  थप अनुसन्धानका लागि घटना भएको स्थानमा प्रहरी खटाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्