निरन्तरको वर्षाले धान किसान मर्कामा 



सञ्जय कार्की, रौतहट ।

दुई दिन देखिको अविरल वर्षाका कारण खेतमै धान डुबान भएपछि किसान चिन्तित बनेका छन् । किसानहरूको उत्पादन हुन लागेको धान डुबानमा परेपछि उनीहरू निराश भएका छन् । अधिकांश किसानहरूले काटेको धान लाई निरन्तरको वर्षाले डुबाएपछि उनीहरू ऋणमा डुब्ने भन्नेमा चिन्तित भएका हुन ।

मुरी रोपेर मानो फलानो सपनामा खेती गरेका किसान लाई वर्षाले पानीले निराश बनाइदिएको छ । गत वर्ष रोपेको मकै बाली समेत वर्षा र हावाहुरीले नष्ट गरिदिएको थियो भने यस वर्ष राम्रो धान उत्पादन हुने भन्दै उत्साही भएका किसानहरू धान भित्राउने बेलाको बेमौसमी वर्षातले धानमा क्षति पुर्याएपछि भने उनीहरूलाई निराश बनाएको छ ।

रौतहटको अधिकास किसानहरूको काटेर घर भित्र्याउन लागेको धानमा क्षति पुगेको कृषक गोविन्द खरेलले बताउनु भयो । खेतमा काटेर राखेको धानमा दुई दिन देखिको निरन्तर वर्षाका कारण ठूलो नोक्सानी भएको स्थानीय बासिन्दाले बताएका छन् ।

यसैबीच प्रतिनिधि सभाका पूर्व सदस्य प्रभु साहले वर्षाले किसानको धानमा क्षति पुर्‍याएको भन्दै सरकार सँग राहत र क्षतिपूर्तिको लागि माग गर्नु भएको छ । खेतमा काटेर राखेको धान पानीले भिजाएपछि किसानहरू लाई ठुलो नोक्सानी भएको छ ।

धान झार्नको लागि ठिक्क पारेर राखेको धान पानीले भिजाएपछि खेतमै पुन उम्रने हो कि भन्ने चिन्ता किसानमा रहेको छ । वर्षाले भिजेको धान झार्नु अघि फेरि सुकाउनु पर्ने पीडा किसानमा रहेको छ ।

पानी परेको धान मक्किने र गाईबस्तुलाई खुवाउने पराल समेत काम नलाग्ने हुन्छ स्थानीय अम्बिका अधिकारीले बताउनु भयो । प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले वर्षाले पीडित बनेका किसानको क्षतिको सङ्कलन गरेर लागि तत्काल राहतको व्यवस्था हुनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्