राजनीतिक अवस्था र संवैधानिक अभ्यासले कामचलाउको झल्को दिन्छ : रेग्मी



नेपाल समाचारपत्र, काठमाडौं ।

मन्त्रीपपरिषद्का पुर्व अध्यक्ष एवं पुर्व प्रधान न्यायाधिश खिलराज रेग्मीले जनअपेक्षाअनुरुप राजनीतिक अभ्यास स्थायित्वका साथ गतिशील हुनुपर्नेमा रुमल्लिएको अवस्थामा पुग्नाले त्यसले सबै क्षेत्रलाई अल्मल्याएको छ र प्रभावित भएको बताउनु भएको छ ।

अहिलेको राजनीतिक अवस्था र संवैधानिक अभ्यासले कामचलाउ प्रकृतिको झल्को दिइरहेको भन्दै रेग्मी भन्नुहुन्छ– ‘त्यसै पनि नेपालमा लामो समयदेखि नै राजनीतिक व्यवस्थापनमै समय बित्यो । हाल आएर पनि राजनीतिमै अल्झी रही अन्य कुरा गौण हुन पुग्दा संविधानतः केही भएर पनि केही भएजस्तो नदेखिनु सुखद पक्ष होइन ।’

मूलतः सामाजिक रुपान्तरण र समृद्धि त्यसै टुप्लुक्क हाम्रा अगाडि आइपुग्दैनन्, आकाशबाट खस्दैनन् अनि भाग्योदय चिट्ठा पनि पक्कै होइनन् । गर्ने त हामीले हाम्रै लागि । परन्तु जनअपेक्षाअनुरुप राजनीतिक अभ्यास स्थायित्वका साथ गतिशील हुनुपर्नेमा रुमल्लिएको अवस्थामा पुग्नाले त्यसले सबै क्षेत्रलाई अल्मल्याएको छ, प्रभावित भएको छ ।

मन्त्रीपरिषदका पुर्व अध्यक्ष रेग्मी भन्नुहुन्छ– ऐतिहासिक संविधान सभाबाट संविधान निर्माण भए पश्चात्को हाम्रो एजेन्डा थियो— विकास र समृद्धि । केही अगाडि बढ्ने प्रयत्न हुँदै गर्दा कोरोनाको महामारीको चपेटाले गाँजिहाल्यो । उता कोरोनाकै बिच राजनीतिले स्थिरतामा अस्थिरता थप्यो र मुलुकको एजेन्डा कता पुग्यो कता । जस्तोसुकै अवस्थामा पनि व्यवस्थापकीय कौशल राज्यव्यवस्थामा देखाउनुपर्ने हुन्छ । रेग्मीको प्रश्न छ–चुनौतीभित्र अवसर खोज्न सकिएन भने उद्देश्य र लक्ष्यले सार्थकता पाउन कहाँ पो सक्छ र ? ।

प्रतिक्रिया दिनुहोस्