गण्डकीमा मन्त्री डोबाटेले लिए सपथ



न्युज अफ नेपाल, पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले मन्त्री पदको सपथ लिएका छन् । सोमबार साँझ प्रदेशप्रमुख पृथ्वीमान गुरुङले मन्त्री विश्वकर्मालाई सपथ गराएका हुन् ।

विश्वकर्मा आजै बिहान मन्त्री नियुक्त भएका थिए । यद्यपि मन्त्री नियुक्त भएपनि उनलाई कुनै मन्त्रालय भने दिइएको छैन ।
मन्त्री विश्वकर्मा यसअघि नै मन्त्री हुने चर्चा चलेपनि अन्तिममा आएर उनका नाम हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्