पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं।

पछिल्लो २४ घण्टामा देशभर ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७२३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४९६२ एन्टिजेन परीक्षण गर्दा १२२ गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ८८८ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार ८६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्