विमान दुर्घटना हुँदा १६ जनाकाे मृत्यु



एजेन्सी ।

रुसको टाटरस्तानमा आइतबार एल-४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।

दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्