पाँचखालमा शुरु भयो पलाञ्चोक मोटर पार्टस



मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्लाको पाँचखाल नगरपालिकामा ब्यवसायीक प्रयोजनका लागि पलाञ्चोक मोटर पार्टस प्रा.लीको स्थापना भएको छ । घटस्थापनाको अवसर पारी ब्यवसायीहरु शेरबहादुर कुँवर, तारा दुलाल र सज्जन सापकोटाले अरनिको राजमार्ग स्थित पाँचखाल ४ तामाघाटमा उक्त पार्टसको स्थापना गरेका हुन् ।

२५ लाख रुपैया लगानीमा शुरु गरिएको मोटर पार्टसमा विभिन्न प्रकारका टायरहरु उपलब्ध छन् । मोटरसाईकल, ट्रयाक्टर, बस, मिनिबस, साना गाडीहरु, टिपर लगायतका सवारी साधनका टायर तथा ट्युव होलसेल र खुद्रा मुल्यमा उपलब्ध गराउने गरी पाँचखालमा मोटर पार्टसको शुरुवात गरिएको प्रोपाईटर शेरबहादुर कुँवरले बताउनु भयो । उक्त क्षेत्रहुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका विभिन्न स्थानमा गुड्ने सवारी साधनहरुका लागि उपयोग हुने टायर तथा ट्युवका लागि पलाञ्चोक मोटर पार्टस सहज हुने प्रोपाईटर कुँवरले बताउनु भयो ।

पलाञ्चोक मोटर पार्टसमा क्रेटा, एमआरएफ, एपोलो, एटिएफ, विकेटी लगायतका टायर र ट्युवहरु उपलब्ध छन् । मोटर पार्टसको स्थापनाको अवसरमा टायर तथा ट्युव कम्पनीका प्रतिनिधिहरु, ब्यवसायीहरु, जनप्रतिनिधि तथा स्थानीयहरुको सहभागिता रहेको थियो । बैदिक विद्यी अनुसार पूजा गरी शुरु गरिएको मोटर पार्टसमा बागमती टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्री, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्