पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध


काठमाडौ ।

रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार वर्षा जारी रहेकाले तत्काल पहिरो हटाएर सडक सञ्चालन गर्न कठिनाइ हुने देखिएको छ।

प्रहरीका सूचना अधिकारी रविन विष्टले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।