काठमाडौँ ।
पत्रकार पक्राउ तथा सञ्चार गृहमा प्रहरीको हस्तक्षेपविरुद्ध नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकारहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।





वर्षाका बीच पानीमा भिज्दै पत्रकारहरूले प्रेस स्वतन्त्रताको मागसहित मौन प्रदर्शन गरेका हुन्।
शुक्रबार सादा पोसाकका प्रहरीले विभिन्न सञ्चार गृहबाट केही पत्रकारलाई नियन्त्रणमा लिएका थिए। चौतर्फी विरोधपछि पक्राउ परेका पत्रकारलाई साँझ रिहा गरिएको थियो।











प्रतिक्रिया