रास्वपाको सचिवालय बैठक आज बस्दै


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बस्न लागेको हो।

बैठकमा समसामयिक राजनीतिक तथा पार्टीका विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।