ओली सरकार हुँदा पनि प्रधानन्यायाधीशको बार्गेनिङ‚ भिनाजुका लागि मन्त्री माग



न्युज अफ नेपाल‚ काठमाडौँ ।

प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले सत्तागठबन्धनको सरकारसँग मात्र नभएर ओली सरकार हुँदा पनि आफ्ना नातेदारलाई मन्त्री बनाउन खोजेको पाइएको छ ।स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले ओली सरकार हुँदा आफ्ना भिनाजु केशवप्रसाद (केपी) उप्रेतीलाई मन्त्री बनाउन प्रस्ताव रोखेको बताइएको छ ।

आफ्नो सरकार हुँदा प्रतिनिधिसभा विघटन गरेका ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यतीबेला जबराले मन्त्रीसहित दुई राजदूत पद पनि माग गरेको स्रोतले जनाएको छ । त्यस्तै‚ एमाले भित्रै जबराको उक्त प्रस्ताबको विरोध समेत गरिएको थियो । एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले जबराको उक्त प्रस्ताव कुनै पनि हालतमा पूरा नहुने अडान लिएका थिए ।

जबराले भने सरकारसँग मन्त्री माग गरेको कुराको खण्डण गर्दै आएका छन् । सोमबार सर्वोच्चले एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद विस्तार र प्रधानन्यायाधीशलाई एक आस्‌पसमा जोड्नु दूषित मनसाय भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्