एट्लेटिकोको सानदार जित



मेड्रिड, (एजेन्सी) ।

उरुग्वेली स्ट्राइकर लुइस स्वारेज चम्किएपछि स्पेनिस ला लिगामा साविक विजेता एट्लेटिको मेड्रिडले बार्सिलोनामाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा एट्लेटिको मेड्रिडले क्याटलान क्लब बार्सिलोनालाई २–० गोलले स्तब्ध बनायो । जारी लिगमा सात खेल सकेको बार्सिलोनाको यो पहिलो हार हो । एट्लेटिकोको जितमा थोमस लेमार र स्वारेजले एक–एक गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलमा लेमारले २३औं मिनेटमा स्वारेजको पासमा खाता खोलेका थिए । स्वारेजले ४४औं मिनेटमा लेमारको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । घरेलु टोलीमाथि बल पोजिसनमा दबाब राखे पनि बार्सिलोनाले गोल फर्काउन भने सकेन । एट्लेटिकोले पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त बन्यो । एट्लेटिकोले खेलभर ६ वटा पोस्ट प्रहार गरेको थियो । एट्लेटिकोका थोमस लेमार ‘म्यान अफ दि म्याच’ भए ।

जितसँगै शीर्ष टोली रियलले सात खेलबाट १७ अंक बनाएको छ । एट्लेटिकोसँग पराजित बार्सिलोना १२ अंकसहित नवौं स्थानमा छ । शनिबार राति नै भएको अन्य खेलमा ओसासुनाले पनि रायो भालेकानोलाई र मालोर्काले लेभान्तेलाई समान १–० गोलअन्रले पराजित गर्‍यो । त्यस्तै, अर्को खेलमा भ्यालेन्सिया र क्याडिजले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्