युभेन्टस र इन्टरको जित



लन्डन, (एजेन्सी) ।

इटालियन सिरी ‘ए’ मा युभेन्टस र इन्टर मिलानले जितको नतिजा निकालेको छ ।

लगातार तेस्रो जित निकाल्नेक्रममा युभेन्टसले घरेलु टोली टोरिनोलाई १–० ले पराजित गरेको हो । युभेन्टसको जितमा खेलको अन्त्यतिर म्यानुयल लोकाटेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले ८६औं मिनेटमा फेडरिको चिइसाको पासमा गोल गरेका थिए । जितपछि शुरुआती चार खेलबाट मात्रै दुई अंक जोडेर युभेन्टसले पछिल्लो तीन खेलबाट ९ अंक जोडेपछि अंक तालिकामा पनि सुधार गरेको छ ।

त्यस्तै, सिरी ‘ए’ कै अर्काे खेलमा इन्टर मिलानले घरेलु टोली सास्सुलोमाथि २–१ ले पुनरागमन जित निकाल्यो । इन्टर मिलानको जितमा इडेन जेको र लोउटारो मार्टिनेजले गोल गरे । घरेलु टोलीका डोमिनीको बेरार्डीको गोल सान्त्वना बन्यो । जितपछि इन्टर मिलानले ७ खेलबाट १७ अंक जोडेको छ । सस्सुलोको भने ७ अंक रहेको छ । शनिबारै भएको अन्य खेलमा सालेरनिटानाले जिनोआलाई १–० ले हराउँदा क्याग्लिएरी र भेनेजियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्