बुद्ध एयरको जहाज काठमाडौमा आपतकालिन अवतरण गर्यो



Photo: THT/ File

काठमाडौँ ।

७७ जना यात्रु बोकेर विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरण नगरी काठमाडौँमा अवतरण गरेको छ । उक्त विमान केही बेरअघि मात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका निमित्त प्रमुख राजकुमार क्षेत्रीले ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगरमा अवतरण हुन नसकेको र समस्या भएको अवस्थामा उपलब्ध सुविधाका आधारमा अवतरणका लागि सजिलो हुने भएकाले काठमाडौँ फर्किएको जानकारी दिए । संवेदनशीलताका कारण विमानस्थलमा एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्