हिमालय टाइम्स दैनिकका कार्यकारी निर्देशक शर्मालाई मातृ शोक



न्युज अफ नेपाल, काठमाडौं ।

हिमालय टाइम्स राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उज्ज्वल शर्मालाई मातृ शोक परेको छ । कार्यकारी निर्देशक शर्माका ममतामयी माता शुभद्रादेवी सापकोटाको आइतबार दिउँसो ९७ वर्षको उमेरमा निधन भएको हो ।

केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि शुभद्रादेवीलाई अस्पताल भर्ना गरिएको थियो ।अस्पतालबाट डिस्चार्ज भएसँगै घरमै स्वास्थ्यलाभ गरिरहेको अवस्थामा डिल्लीबजारस्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गीय शुभद्रादेवीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पनि पारिवारिक स्रोतले जनाएको छ । स्वर्गिय सापकोटाको १ छोरा र २ छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्