भरुवा बन्दुक सहित पक्राउ



 

जाजरकोट । बारेकोट गाउँपालिका–३ पछ्यौरी बस्ने ४३ वर्षीय भक्तबहादुर बोहरालाई १ थान भरुवा बन्दुक सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बारेकोटबाट खटिएको प्रहरीले तलासी गर्दा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्