सभापतिमा उम्मेदवारी दिने सिंहको घोषणा



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नेता सिंहले पार्टीमा परिवर्तन ल्याउन आफूले पार्टी सभापतिमा उम्मेदावरी घोषणा गरेको बताउनु भएको छ ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका– १७ ले शनिबार आयोजना गरेको एक कार्यक्रममा उहांले पार्टी सभापतिमा उठ्ने घोषणा गर्नु भएको हो । उहांले १४ औं महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने चेतावनी दिनु भएको थियो ।

नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्