एक महिनामा १३० अर्ब व्यापार घाटा



नेपाल समाचारपत्र, काठमाडौं ।

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ७० दशमलव ६ प्रतिशतले वृद्धि भई १२९ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२ दशमलव २ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३ दशमलव ८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव २ प्रतिशत रहेको थियो । भारतबाट अमेरिकी डलर भुक्तानी गरी १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ९ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको थियो ।

उक्त अवधिमा कुल वस्तु निर्यात ११५ दशमलव ९ प्रतिशतले वृद्धि भई २० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्पm क्रमशः १६७ प्रतिशत, ४७ दशमलव ८ प्रतिशत र १७ दशमलव ५ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो ९पोलिष्टर तथा अन्य०, जुस, पिनालगायतका वस्तुको निर्यात बढेको छ भने अलंैची, आयुर्वेदिक औषधि, जडिबुटी, तार, तयारी छालाका समानलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु आयात ७५ दशमलव ७ प्रतिशतले वृद्धि भई १५० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८ दशमलव ७ प्रतिशत, ८७ दशमलव ६ प्रतिशत र १२० दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम।एस। बिलेट, सुनलगायतका वस्तुको आयात बढेको छ भने रसायनिक मल, सिमेन्ट, सूर्ती, हवाई जहाजका पार्टपुर्जा, तयारी पोशाकलगायतका वस्तुको आयात घटेको छ । समीक्षा अवधिमा कञ्चनपुर, मेची र नेपालगन्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । त्यसैगरी, समीक्षा अवधिमा कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात वृद्धि भएको छ ।

त्यस्तै वृहत्त आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३१ दशमलव ८ प्रतिशत र ६८ दशमलव २ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शून्य दशमलव शून्य २ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३२ प्रतिशत, २ दशमलव ८ प्रतिशत र ६५ दशमलव ३ प्रतिशत रहेको थियो । समीक्षा अवधिको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३ दशमलव ७ प्रतिशत, पुँजीगत वस्तुको ११ दशमलव ५ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३४ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५० दशमलव ६ प्रतिशत, १३ दशमलव ८ प्रतिशत र ३५ दशमलव ६ प्रतिशत रहेका थिए ।

वार्षिक विन्दुगत आधारमा साउन महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङक ४ दशमलव २ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ९दशमलव ६ प्रतिशतले बढेको छ । २०७७ साउन महिनामा ४ दशमलव ४ प्रतिशतले बढेको व्यापारको शर्त साउन महिनामा ४ दशमलव ९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्