नेपोलीको सानदार जित



लन्डन, (एजेन्सी) ।

इटालियन सिरी ए फुटबलमा नेपोलीले घरेलु टोली उडिनेसीमाथि सानदार जित निकालेको छ ।

नेपोलीले घरेलु टोली उडिनेसीलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपोलीको यो लगातार चौथो जित हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन, एमिर रहामनि, कालिडोउ काउलीबेली र हिर्भिङ लोजानोले समान एक–एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

डासिया एरिना उडिनेसमा सोमबार राति भएको खेलको २४औं मिनेटमा भिक्टर ओसिमहेनले लारेन्जो इन्सिग्नेको पासमा गोल गर्दै नेपोलीलाई १–० को अग्रता दिलाएका थिए । खेलको ३५औं मिनेटमा एमिर रहामनिले कालिडोउ काउलीबेलीको पासमा गोल गर्दै नेपोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

खेलको ५२औं मिनेटमा कालिडोउ काउलीबेलीले फावियनको पासमा गोल गर्दै नेपोलीलाई सहज जिततर्फ अग्रसर गराए । ८४औं मिनेटमा हिर्भिङ लोजानोले मारियो रुईको पासमा गोल गर्दै नेपोलीको जित पक्का गरे । जितसँगै अपराजित रहेको नेपोली ४ खेलबाट १२ अंक जोडेको छ । पराजित उडिनेसको ७ अंक रहेको छ । उडिनेसीको यो पहिलो हार हो ।

प्रतिक्रिया दिनुहोस्