‘राहत दिन प्रतिस्थापन बजेट’



काठमाडौं, (नेस) । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कोरोनाबाट संकटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगार दिने योजना, आर्थिक तथा भौतिक विकासलाई जोड दिएर प्रतिस्थापन बजेट आएको बताउनुभएको छ । ललितपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री भुसालले आगामी आवको बजेट पनि राष्ट्रको हित र जनताको भावना सम्बोधन गर्ने गरी नै आउने विश्वास दिलाउनुभयो । उहाँले गरिब, विपन्न जनतालाई राहत दिने उद्देश्यले आफूले मासिक २० युनिट बिजुली खपत गर्ने परिवारलाई निःशुल्क उज्यालो दिने निर्णय गरेको बताउनुभयो ।

स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन तथा खाना पकाउने एलपी ग्यासको आयातबाट हुने व्यपार घाटा न्यूनीकरण गर्न आफूले विद्युत् महसुल घटाएको मन्त्री भुसाललको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्