सल्यानमा ६४ जना जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत



न्युज अफ नेपाल, सल्यान ।

सल्यानका ६४ जना जनप्रतिनिधिहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । जिल्लाका दश स्थानीय तहका ६४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

निमित्त जिल्ला निर्वाचन अधिकारी तेजेन्द्र कुमार चन्दले विहीबार एक जनाले र बाँकी ६३ जनाले सनाखत गरेको जानकारी दिनुभयो । जसमा १६ जना वडाअध्यक्षले सनाखत गरेको नेकपा एकीकृत समाजवादी सल्यानका सचिव रमेश गौतमले बताउनु भयो । उहाँले स्थानिय तहका प्रमुख एक जना र उपप्रमुख एक जनाले सनाखत गरेको बताउनुभयो ।

सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउने नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नुभयो । यस्तै कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले पनि निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेकी गर्नुभएको हो । यस्तै ४६ जना वडा सदस्यले पनि सनाखत गरेका छन् ।

जिल्लाका स्थानिय तहमा निर्वाचित भएका अझै केही जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने सचिव गौतमले जानकारी दिनुभयो । जसमा छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष लिलाधर घर्ती, कालिमाटी गाउँपालिका १ का वडाअध्यक्ष रविलाल बस्नेत, कालिमाटी गाउँपालिका ५ का वडाअध्यक्ष चन्द्र बहादुर गाहा मगर लगाएतका केही जनप्रतिनिधिले पनि सनाखत गर्ने उहाँको भनाई छ ।

‘कुमाख गाउपालिकाका सतप्रतिशत निर्वाचित जनप्रतिनिधि एकीकृत समाजवादीमा सनाखत गरेका छन् । शारदा नगरपालिकाका पनि १८ जनप्रतिनिधि मध्ये १६ जना सनाखत गरेका छन् भने ‘अहिले छुटेका जनप्रतिनिधिहरु २२ गते भित्र आउने समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्