बुडर–जोरायल सडक सुचारु



डोटी, (नेस) ।

वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको जिल्लाको बुडर–जोरायल सडक सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२ बिछल खोलामा शुक्रबार बिहान पहिरो आउँदा उक्त क्षेत्रको सवारी आगमन पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

पहिरोले अवरुद्ध भएको सडक स्थानीयबासी, प्रहरी तथा जेसीबीको सहायतामा शनिबार बिहानदेखि सुचारु भएको अस्थायी ट्राफिक पोस्ट बुडरका प्रमुख हर्क साउदले जानकारी दिनुभयो । पहिरोका कारण उक्त सडक खण्डका विभिन्न ठाउँमा आएका पहिरो पन्छाइएपछि त्यहाँको यातायात सुचारु भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ ।

पहिरोका कारण जाममा परेका दर्जनौं सवारीसाधन तथा यात्रुहरु आफ्नो गन्तव्यतिर लागेका छन् । पहिरो पन्छाएर बुडर–जोरायल सडक सुचारु गरिए पनि दिपायल–गड्सेरा, बिपीनगर–निरौलीलगायतका सडक भने बन्द नै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्