आठ करोड बराबरको राहत सामग्री प्रदान



नेपाल समाचारपत्र, काठमाडौं ।

भारत सरकारले बाढीपहिरो प्रभावितलाई आठ करोड रुपियाँ बराबरको राहत सामग्री प्रदान गरेको छ । यो राहत सामग्री नेपालका १५ जिल्लामा बाढी तथा पहिरो प्रभावित परिवारलाई वितरण गरिने छ ।

भारत सरकारको तर्फबाट आएको राहत सामग्री भारतीय दूताबासकी मिसन उप–प्रमुख नामग्या खम्पाले नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गर्नुभएको थियो ।

राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लिपिङ म्याट र औषधिहरू रहेका छन् । बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत सो राहत सामग्री चार प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, रूपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिनेछ ।

भारत सरकारले नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमित रूपमा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्