जद्रान लियोनमा अनुबन्धित



लन्डन, (एजेन्सी ) ।

इंग्लिस प्रिमियर क्लब लिभरपुलका स्विस मिडफिल्डर जद्रान शाकिरी फ्रेन्च क्लब लियोनमा अनुबन्धित भएका छन् ।

लियोनले मिडफिल्डर शाकिरी अनुबन्धका लागि लिभरपुलसँग सहमति भएको जनाएको हो । लियोनले उनलाई ९.५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने बताइएको छ । शाकिरीको मेडिकलपछि औपचारिक सम्झौता गरिने लियोनले जनाएको छ ।

शाकिरी सन् २०१८ मा इंग्लिस क्लब स्टोकबाट लिभरपुल पुगेका हुन् । लिभरपुलका लागि उनले ६३ खेलमा आठ गोल गरेका छन् । २९ वर्षीय मिडफिल्डरले स्विट्जरल्यान्डका लागि ९६ खेलमा २६ गोल गरेका छन् । गत जुन–जुलाइमा सम्पन्न युरोकप २०२० मा उनले ५ खेलमा तीन गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्