भारत र इङ्ल्यान्डको अंक घटाइयो



लन्डन, (एजेन्सी) ।

विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत भारत र इङ्ल्यान्डको स्लो ओभर रेटमा अंक घटाइएको छ ।

च्याम्पियनसिपअन्तर्गत गत बुधबारदेखि आइतबारसम्म भएको खेल वर्षाका कारण बराबरीमा रोकिएको थियो । खेल बराबरीमा रोकिएपछि दुवै टोलीले चार–चार अंक पाउने भए पनि ढिलो ओभर खेलेको भन्दै दुई–दुई अंकमात्रै दिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले जनाएको छ ।

दुवै टोलीलाई म्याच रेफ्रीले यसअघि नै म्याच फी को ४० प्रतिशतका दरले जरिवाना गरिसकेका छन् । यसअघि सन् २०२० मा भारतसँगको खेलका क्रममा पनि ढिलो ओभर बलिङ गरेको भन्दै अस्ट्रेलियाको दुई अंक घटाइएको थियो । दुवै टोलीले तीव्र गतिका बलर रोजेका कारण ओभर ढिलो सकिएको हो । इंग्ल्यान्डले चार जना तीव्र गतिका बलर रोजेको थियो र एक जना पनि स्पिनर थिएनन् । भारतले स्पिन बलर रवीन्द्र जडेजालाई खेलाए पनि दुई सय ५० ओभर दुई बलमा उनले १६ ओभर मात्र गरे ।

प्रतिक्रिया दिनुहोस्