डाक्टर दम्पतीको निशुल्क विशेषज्ञ सेवा



दीपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको लाटी कोईलीमा निशुल्क रुपमा डाक्टर दम्पतीले सेवा दिन थालेका छन् । लाटिकोइली स्वास्थ्य चौकीमा सुर्खेतका विशेषज्ञ दम्पती डाक्टरले निशुल्क सेवा शुरु गरेका हुन । लाटी कोइलीको स्वास्थ्य चौकीमा तन्नेरी डाक्टर शुभ श्रेष्ठ र डाक्टर कृतिका थापा श्रेष्ठ विरामीहरु लाई चेकजाँच शुरु गरेका छन । वजारमा आएर महंगो शुल्क तिरेर लिइने विषशेज्ञ सहितको स्वास्थ्य सेवा डाक्टर दम्पतीले गाँउमा दिन थालेका हुन् ।

आफूले काम गर्ने अस्पतालको समय मिलाएर यो दम्पतीले हरेक वुधवार र शनिवार विषशेज्ञ सहितको स्वास्थ्य सेवा दिन लाटीकोइली आउनछन । आफुले सिकेको ज्ञान लाई थोरै भएपनि केहि अंश सामाजिक सेवा लगाउने उद्देश्यले यो दम्पतीले शुल्क सहितको सेवालाई कम गरेर सामजिक सेवा वापत निशुल्क सेवा दिदै आएका छन् ।

सुर्खेत वीरेन्द्रनगरको देउती अस्पतालमा कार्यरत हाडजोर्नी रोग बिशेषज्ञ डाक्टर शुभ श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतमा कार्यरत स्त्रिरोग बिशेषज्ञ डाक्टर कृतिका थापा श्रेष्ठ श्रीमान श्रीमती हुन् । डाक्टर श्रेष्ठका वुवा पेशाले कानुन ब्यवसायी हुन । सानै देखि छोरालाई डाक्टर वनाएर गाँउको स्वास्थ्य सेवा समर्पित गराउने उनको ठुलो इच्क्षा थियो ।

जव श्रेष्ठले विषशेज्ञ डाक्टर भएर सुर्खेतमै आएर काम गर्न थाले अनि उनका वुवा ध्रुवकुमार श्रेष्ठले योजना वनाए सामान्य स्वास्थ्य सेवा लिनपनि वजार जानुपर्ने अवस्था अन्त्य गर्न छोरा र वुहारीलाइृ उनीहरुले सिकेको विषशेज्ञ सेवा कम्तीमा निश्चित वार वा गते वनाएर गाँउमै प्रदान गर्नुपर्छ । अनि हाडजोर्नी रोग बिशेषज्ञ डाक्टर शुभ श्रेष्ठ र स्त्रिरोग बिशेषज्ञ डाक्टर कृतिका थापा श्रेष्ठले लाटीकोइलीको स्वास्थ्य चौकिमा सेवा गर्ने निदो गरे ।

नमुना जोडिका रुपमा रहेको यो जोडिले अवका दिनमा वजार जानुपर्ने लाटीकोइलीवासी समस्या हल गर्न विषशेज्ञ सेवा दिनेछन । स्वास्थ्य सम्बन्धी सेवा लिन धेरै जसो नागरिकहरु वीरेन्द्रनगर वजारमा आएर महंगो शुल्क तिरेर उपचार गर्ने गरेका छन । गरिव तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको यो समस्या केहीहद सम्म हल गर्न निशुल्क विषशेज्ञ सेवा संचाललन गरिने डाक्टर शुभ श्रेष्ठ वताउनछन ।

आफू जन्मेको ठाँउ र वुवाको इच्छा अनुसार भएकोले सेवा गर्न थालिएको हाडजोर्नी रोग बिशेषज्ञ डाक्टर शुभ श्रेष्ठले वताए । लाटिकोइलीमा विषशेज्ञ सहितको स्वास्थ्य सेवा गरेवापत कुनै पनि सुविधा नलिने श्रेष्ठको भनाई छ । स्वास्थ्य चौकी लाटीकोइलीमा आफनो विशेषज्ञ सेवा निरन्तर निशुल्क रुपमा दिने श्रेष्ठले जानकारी दिए । लाटीकोइलीमा नै जन्मेका डा शुभ र उनकी धर्मपत्नी कृतिकाले त्यहाँ निशुल्क सेवा दिनेछन ।

फोटो : विषशेज्ञ डा. शुभ र उनकी धर्मपत्नी डा. कृतिका

प्रतिक्रिया दिनुहोस्