नेपाल नियमित रक्तदाता संघद्वारा २ स्थानमा वृहत रक्तदान, १०६ युनिट रगत संकलन



न्युज अफ नेपाल, बुटवल ।

नेपाल नियमित रक्तदाता संघले शनिवार रुपन्देहीको २ स्थानमा वृहत रक्तदान गरेको छ । संघको आयोजनामा बुटवलमा गरेको रक्तदानमा ६५ प्वाईन्टर सैनामैनामा भएको कार्यक्रममा ४१ जनाले गरि कुल १०६ प्वाईन्ट रगत संकलन भएको छ ।

संघले हरेक महिनाको तेस्रो शनिवार नियमित रुपमा र आकष्मिक रुपमा आवश्यकता परेमा जुनसुकै बेलामा पनि रगत संकलन गरि बलर्ड बैकलाई उपलब्ध गराउदै आएको संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।

सैनामैनामा रहेको युगल सहकारीको स्थापनाको उपलक्ष्यमा नेपाल नियमित रक्तदाता संघ सैनामैना शाखाको सम्युक्त आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभामा नेकपाएमालेका सचेतक भूमिश्वर ढकाल र बुटवलको कार्यक्रममा उद्योगी एजाज आलमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रम संयोजक दीपक अधिकारीले बताउनु भयो ।

बुटवलमा भएको कार्यक्रममा संघका अध्यक्ष दया बहादुर सिलवाल र सैनामैनामा भएको कार्यक्रम गोविन्द पोखरेलको अध्यक्षतामा भएको मधु अर्यालले बताउनु भयो । दुवै कार्यक्रममा वोल्ने वक्ताहरुले संस्थाले गरेको मानविय कार्यको हरेक क्षेत्रवाट सहयोग गर्न सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्