थर हटाउँदै मोही बेपत्ता बनाउँदै



सञ्जय कार्की, रौतहट ।

मोहीको नाम थर रहँदा रहँदै भूमि सुधार तथा मालपोत कार्यालय गौरले थर हटाएर चन्द्रपुर नगरपालिका–४ मा रहेको १८ धुर जमिनको मोहीलाई बेपत्ता मोही भन्दै लगतबाट मोहीको नाम हटाउने फैसला गरेको खुल्न आएको छ । ०२१ सालको सर्बे नापी अनुसार नापी कार्यालयको फिल्डबुकमा साबिक चन्द्रनिगाहपुर गाबिस–१ स्थीत किता नम्बर २ सय २० को १९ कटठा जमिनमा गोमा कुमारी मगर जग्गा धनी रहेको जग्गाको मोही महलमा किसान बखत बहादुर चौहान क्षेत्री रहको छ तर उक्त जमिनमध्ये खरिद गरेका शंकर राय यादवको कित्ता नम्बर १३८५ को १८ धुर जमिनमा मोही बखत बहादुर चौहानको पुरा नाम भुमि सुधार तथा मालपोत कार्यालय गौरको स्रेस्तामा रहेपनि कार्यालयले थर हटाएर गलत प्रक्रिया अपनाउदै मोही लगत कट्टा गरेको पाइएको छ ।

 भूमि सुधार तथा मालपोत कार्यालय गौरले जग्गा धनीको मिलोमतोमा किता नम्बर २२०को जमिनको मोही बदर गर्दै कितानम्बर ५७० र ५७१ कायम गरेको र सोही आधारमा पुन कितानम्बर ५७१ बदर गरी कितानम्बर ७५९ र ७६० कायम गरेपछि कायम भएको कितानम्बर ७६० बदर गरी १०१३ र १०१४ कायम गरेको त्यसैगरी कितानम्बर १०१४ बदर गरी कितानम्बर १०३२, १०३३ र १०३४ कायम गदै कितानम्बर १०३४ बदर गरी १०८४ र १०८५ कायम गरेको खुल्न आएको छ । सोही १०८५ नम्बर किताको १८ धुर जमिनको मोही बखत बहादुर चौहान क्षेत्रीको गलत प्रक्रियाबाट भुमी सुधार तथा मालपोत कार्यालय गौरले मोही हटाउने फैसला गरेको पाईएको छ ।

उक्त जमिनको १ नम्बर मोहीको लगत स्रेस्तामा मोही बखत बहादुर चौहान क्षेत्री हुदा हुदै भूमि सुधार तथा मालपोत कार्यालय गौरले बखत बहादुर मात्रै जनाएर ०७६ साल भदौ २ गते तत्कालिन कार्यालय प्रमुख सिताराम थापाको ईजलासले मोही कायम रहेको उक्त जमिनको लगत कट्टा गरेर मालपोत कार्यालय चन्द्रनिगाहपुरमा स्रेस्ता जनाउन पत्राचार गरेको पाइएको छ ।

चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ का अध्यक्ष अमर आलेले समेत पेश गरेको स्रेस्ता नहेरीकनै बखत बहादुरको ०३२ साल अगाबै कलगतीले मृत्यु भएको र नीजको पत्नी, छोरा, छोरी, दाजु भाई समेत कोही नभएको सिफारिस गरेका छन तर बखत बहादुर चौहान क्षेत्रीको जिल्ला प्रशासन कार्यालय रौतहट बाट ०३५ असोज ११ गते नागरिकताको प्रमाण पत्र बनेको अभिलेखम उल्लेख रहेको छ ।

वडाअध्यक्ष अमर आलले सिफारिस लिन आउदा लालपुर्जामा बखत बहादुर मात्रै रहेकोले सोही आधारमा आफुले सिफारिस गरेको बताउनुभयो । उता बखत बहादुर चौहान क्षेत्रीको नाती कौशल चौहानले ०६४ साल चैत्र ४ गते हजुर बुवाको निधन भएपनि वडा कार्यालयले गैरजिम्मेबार तबरले ०३२ सालम मृत्यु भएको सिफारिस गर्नु दुखद रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्