रोटरी क्लब अफ सैबु भैसेपाटीद्वारा ललितपुरका दुई स्थानमा डिजिटल डिस्प्ले स्थापना



न्युज अफ नेपाल, ललितपुर ।

रोटरी क्लब अफ सैबु भैसेपाटीले ललितपुरको दुई स्थानमा डिजिटर डिस्प्ले बोर्ड स्थापना गरेको छ । ललितपुरको नख्खुचोक र भैसेपाटी चोकमा डिस्प्ले राखेको हो । ट्राफिक जनचेतना जगाउने उद्देश्यले ट्राफिक सन्देश , समय र टम्परेचर सहितको डिस्प्ले राखेको हो ।

क्लबका सन् २०२१–२०२२ का अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा दुई स्थानमा स्थापना गरिएको डिस्प्लेको रोटरी क्लबका पुर्व गभर्नर एवं जोन–१५ का डिस्ट्रिक एसिस्टेन्ट गभर्नर सुनिलकृष्ण श्रेष्ठले डिस्प्लेको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै एसिस्टेन्ट गभर्नर श्रेष्ठले सामाजिक सेवामा समर्पित रोटरी क्लबले देशका विभिन्न जिल्लामा सचेतना जगाउने काम गरेको बताउनुभयो ।

उहाले भन्नुभयो–कोभिड–१९ महामारीबाट जोगिन देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छौ । त्यस बाहेक राहत वितरण, वालवालिका लक्षित खेल मैदान निर्माण, खानेपानी र सरसफाइ, छात्रा शिक्षा, विपन्न वालवालिकालाई निःशुल्क अध्ययनको व्यवस्था लगायतका कार्य गरिरहेका छौ ।

यो वर्ष सदस्यता वृद्धी कामलाई विशेष अभियानको रुपमा सञ्चालन गर्न लागेको जानकारी गराउदै पुर्व गभर्नर श्रेष्ठले भन्नुभयो–अब सक्षम नागरिक उत्पादन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौ ।

रोटरी क्लब अफ भैसेपाटी क्लबले गरेका सामाजिक कामको प्रशंसा गर्दै उहाले भन्नुभयो–रोटरी क्लब अफ भैसेपाटीका अध्यक्ष र सबै पदाधिकारीको को योगदानलाई कदर गर्नुपर्छ । उहाले रोटरी क्लबले विभिन्न ७ क्षेत्रमा काम गरिरहेको उल्लेख गर्नुभयो ।
सो क्लबले आफ्नो कार्यक्षेत्र परेको वुंगमतिको स्वाथ्य चौकीमा स्वाथ्य सेवा सञ्चालन गरिरहेको छ । मगरगाँउमा यात्रु प्रतिक्षालय निर्माण गर्ने चरणमा रहेको छ ।

कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष एवं सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेले कोभिडको समयमा क्लबले गरेका कामको चर्चा गर्दै यस्तै सामाजिक कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उहाले भन्नुभयो–रोटरी क्लब अफ भैसेपाटी स्थापना भएपछि सो क्षेत्रमा विभिन्न सामाजिक काम गर्न सफल भएको उहाको धारणा थियो । क्लबका अध्यक्ष मिलन थापाले क्लबले शिक्षा, स्वाथ्य, सरसफाई लगायत क्षेत्रका काम गर्दै जाने बताउनुभयो । कार्यक्रममा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्