उद्यममा लाग्ने युवालाई कर्णाली सरकारले सहयोग गर्ने



दिपेन्द्र शर्मा, सुर्खेत ।

लागूऔषधको दुव्र्यसनीवा छुटाउन कर्णालीका युवाहरुलाई कर्णाली प्रदेश सरकारले उद्यममा सहयोग गर्ने भएको छ । युवाहरुलाई लागूऔषधको दुव्र्यसनीवाट मुक्त गराउनका लागी प्रदेश सरकारले उद्यममा सहयोग गर्ने भएको हो । बुधबार विश्व हेपाटाइटिस दिवसको अवसरमा रिकभरिङ नेपालको ज्ञापन पत्र बुझ्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवाहरुलाई लागूऔषधको दुव्र्यसनीवाट छुटाउन उद्यममा लगाउने गरि प्रदेश सरकारले काम गरिरहेको वताउनुभयो ।

“पछिल्लो समयमा युवाहरु लागूऔषधको दुव्र्यसनीमा फसेको देखिन्छ, यसले समाजलाई क्षति पु¥याउँछ, हरेक दृष्टिकोणले पछि परेको कर्णाली जस्तो प्रदेशका युवाहरु अब दुव्र्यसनीमा होइन उद्यममा लाग्न जरुरी छ” उहाँले भन्नुभयो ।

युवालाई दुव्र्यसनी छुटाउनका लागि प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको मन्त्री वुढाक्षेत्रीले जानकारी दिनुभयो । केही गछौं भनेर योजनासहित आएका युवाहरुलाई सरकारले आवश्यक सहयोग समेत गर्ने मन्त्री वुढाक्षेत्रीले जानकारी दिनुभयो ।

भाइरल हेपाटाइटिससँग बाँचिरहेका र अत्यन्त जोखिम समुदायहरुको स्वास्थ्य र उपचारको अधिकार सुनिश्चित गर्न सामाजिक विकास मन्त्रालयले कुनै कसर बाँकी नराख्ने मन्त्री बुढाक्षत्रीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्